प्रधानन्यायाधीशविरुद्धकाे महाअभियाेग टुङ्गाेमा पुर्‍याइयाेस् : सांसद अर्याल

 जेठ २५, २०७९ बुधबार १४:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

आज बुधवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन नयाँ बानेश्वरका रहेकाे संसद् भवनमा पुग्नुभएकी सांसद अर्यालले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको हो । 

संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरिकन राखिरहनु नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महाअभियोग लगाइसकेपछि कानुनतः, संविधानतः जे व्यवस्था छ, त्याे प्रक्रिया त पूरा गर्नुपर्‍याे नि । त्यसैले संसदबाट ल्याएर छलफल गरेर जे टुङ्गो गर्ने हो गर्नुपर्छ । महाअभियोग लगाउने अनि त्यसलाई संसदमा ल्याएर छलफल नगरिकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने कुरा हुन्छ र ? कि दर्ता गर्न हुन्थेन । यो महाअभियोग पास गर्नका निम्ति ल्याइएको होइन भनेर हामीले त्यति बेला नै भनेका थियाैँ ।’

सांसद अर्यालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग निश्चित उद्देश्य पूरा गर्नका निम्ति ल्याइएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramesh kc

    June 8, 2022, 2:53 p.m.

    तिम्रा कर्तुतले बुढो वडा सदस्य हरायो, के फुंइ लाउछौ /

  •  0 Reply

तपाईको प्रतिक्रिया