माओवादीभित्र पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेकाे छ– पुन : मन्त्री फेर्न मिल्दैन– पाेखरेल

 जेठ २५, २०७९ बुधबार १४:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताउनुभएको छ । 

आज बुधवार संसद् भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभएको हो । उहाँले नेकपा (एकीकृत समाजवादी) ले मन्त्री फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्री फेर्न दबाब परेको बताउनुभयो । 

उहाँले मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘यसबारेमा हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन । समाजवादीका साथीहरूले पूरै टिम फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेसमा पनि दबाब छ । जसपामा पनि दबाब छ । यो दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ थाहा छैन । मन्त्री फेर्नुपर्छ कि भन्ने आवाज उठिरहेको छ ।’

त्यसैगरी सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउनुभयो । उहाँले अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गर्नुभयो । 

नेता पाेखरेलले गठबन्धनका शीर्ष नेताहरू बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताउनुभयो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया