सुत्केरी बिदा ९८ दिन लिन पाउने व्यवस्था गर्न आग्रह

 जेठ २५, २०७९ बुधबार १५:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला कर्मचारीलाई ९८ दिन तलबसहितको सुत्केरी बिदा पाउने व्यवस्था गर्न सरकारी, निजी तथा गैरसरकारी सङ्घ–संस्थाहरूलाई आग्रह गरेको छ । 

मन्त्रालयले आज बुधवार सूचना निकालेर महिला कर्मचारीले नियमअनुसार पाउनुपर्ने बिदा नपाएको गुनासो आएको भन्दै बिदाको व्यवस्था कडाइका साथ पालना गर्न भनेको हो । 

मन्त्रालयलले निकालेको सूचनामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी सङ्घ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ रहेको उल्लेख छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया