१६ दिने शिशुकाे हत्या गरेकाे आराेपमा आमा पक्राउ

 जेठ २५, २०७९ बुधबार १६:९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – दाङमा छोरी (१६ दिने शिशु) को हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । हत्या आराेपमा प्रहरीले राप्ती गाउँपालिका ३ मसुरीयाकी १४ वर्षीया आमालाई पक्राउ गरेकाे हाे ।  

छोरी रोएपछि स्तनपान गराएकाे तर रुने क्रम नरोकिएपछि छाेरीलाई सेफ्टी ट्याङ्कीमा फालेको आमाले बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीले आज बुधवार बिहान घर पछाडि रहेकाे सेफ्टी ट्याङ्कीभित्र शिशुकाे शव भेटेकाे थियाे । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया