काठमाण्डौ उपत्यकामा ठूलो पानी पर्दै, २/३ घण्टासम्म नरोकिने

 जेठ २५, २०७९ बुधबार १६:३१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ । झन्डै २/३ घण्टा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । 

उपत्यकाका सबैजसो ठाउँमा ठूलो पानी पर्ने र केहीबेर रोकिएर पुनः पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उपत्यकासहित देशभर अझै केही दिन मौसम बदली भइ धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले नेपालमा मनसुन र स्थानीय वायुुसँगै भारतको उत्तर प्रदेश तथा बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । मनसुन सक्रिय भएर दशेभर फैलने क्रममा रहेकोले पनि पानी पर्ने सम्भावना धेरै हुने मौसमविद् पौडेलले बताउनुभयो । 

अहिले मनुसन प्रदेश १ मा रहेको छ भने प्रदेश २ का केही ठाउँमा पनि मनसुन सक्रिय हुन थालेको र केही दिनमा काठमाण्डौ उपत्यका हुँदै पश्चिमतिर लाग्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया