आज पनि धेरै ठाउँमा पानी पर्ने, पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम

 जेठ २६, २०७९ बिहिबार ८:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ ।

मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानीले जमिन गलिसकेको र जमिनले सोस्नु पर्ने जति पानी सोसिसकेकाले अबको वर्षाले बाढी पहिरोको जोखिम बढाउने मौसमविद् सापकोटाले बताउनुभयो ।

भिरालो जमिन र नदी, खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ । नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भनिए पनि गएको ५ तारिखमा नै भित्रिएको छ । अहिले प्रदेश-१ मा मनसुनी गतिविधि सक्रिय छ । अन्य प्रदेशमा भने मनसुन सक्रिय भइसकेको छैन । नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ ।

मध्य तथा पश्चिमी क्षेत्रमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव परेको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया