'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
रसिया र चीनविरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ ।
रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिएका छन् । मन्त्री सेर्गेइले रुस–अमेरिका सम्बन्धमा तनाब निर्माण गर्दा विश्वमा स्थायित्व आउँछ भन्नु मुर्खता मात्र भएको उल्लेख गरेका छन् । ‘आगोसँग खेल्न खोज्नु मूर्खता हो, यसको परिणाम खतरनाक हुन सक्दछ’, विज्ञप्तिमा भनिएको छ ।
बिहीबार संयुक्तराज्य अमेरिकाले रुसदेखि चीनसम्मका देशमाथि प्रतिबन्धहरु लगाएको थियो । अमेरिकाले रुसी लडाकू बिमान र क्षेप्यास्त्र खरिद गर्ने एउटा चिनियाँ सैनिक संस्थाविरुद्ध दण्डात्मक सजाय गर्ने घोषणा गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले समेत ३३ वटा रुसी जासूसी तथा सैनिक–सम्बद्ध पक्षहरुलाई नाकाबन्दीको कालोसूचीमा राखेको घोषणा गरेको थियो । यी सबै यसअघि नै अमेरिकी प्रतिबन्धको सूचीमा रहेका रुसी व्यक्ति र कम्पनी थिए । अमेरिकी प्रतिबन्ध व्यहोर्ने व्यक्ति र कम्पनीहरुमा प्रतिरक्षा सम्बद्ध कम्पनीहरु, जीआरयू सैनिक जासूसी निकायका अधिकृतहरु तथा इन्टरनेट अनुसन्धान एजेन्सीसँग आबद्ध व्यक्तिहरु रहेका छन् ।
प्रतिबन्ध घोषणा गरिएका ३३ मध्ये २८ वटाविरुद्ध २०१६ को अमेरिकी चुनावको धाँधलीको अनुसन्धान गरिरहेको रोबर्ट मूलरको छानबिन समितिले आरोपित गरेका हुन् । उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले अहिलेसम्म अमेरिकाले जतिसुकै प्रतिबन्धहरु घोषणा गरे पनि रुसले आफ्नो नीतिमा परिवर्तन नगरेको स्पष्ट गरेका छन् ।
‘अमेरिकी कालोसूची पटकपटक लागिरहेकै छ । यो हास्यास्पद छ तर उसले लगाइआएको छ’, उनले भनेका छन् । ‘यस्तो लाग्छ प्रतिबन्धहरु घोषणा गर्नु अमेरिकाका लागि मनोविनोद हो ।’
उहाँले सन् २०११ यता अमेरिकाले रुसविरुद्ध घोषणा गरेको यो ६० औं प्रतिबन्ध हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।