पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दल : प्रदीप पाैडेल

 जेठ २६, २०७९ बिहीबार १८:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दलका रूपमा स्थापित भएकाे बताउनुभएकाे छ । 

कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतकाे अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहनुभएका नेता पौडेलले आज बिहीवार काठमाण्डाैमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठूलो दल भएको उहाँले बताउनुभयो ।

याे उपसमितिले पालिका चुनावकाे अध्ययन र विश्लेषण गरेर पार्टीलाई प्रतिवेदन बुझाएको केन्द्रीय सदस्य पाैडेलले जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेसले एक सय ४१ ठाउँमा प्रमुख, एक सय ८८ ठाउँमा अध्यक्ष, एक सय १० ठाउँमा उपप्रमुख र एक सय ९० ठाउँमा उपाध्यक्ष जितेको जानकारी दिनुभयो । त्यसैगरी दुई हजार ६ सय ६५ वडाध्यक्ष, दुई हजार ६ सय ६ महिला सदस्य, दुई हजार पाँच सय ५१ दलित महिला सदस्य र पाँच हजार तीन सय सात खुला सदस्य जितेको पनि उहाँले बताउनुभयो ।   

पार्टीभित्र फरक–फरक धारणा रहेकाले पालिका चुनावमा गठबन्धन प्रभावकारी हुन नसकेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया