मुग्लिन हुँदै चल्ने गाडीमा यात्रा कष्टकर, पहिरो पन्छाए पनि लामो जाम

 जेठ २७, २०७९ शुक्रबार ६:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मुग्लिन हुँदै चल्ने गाडीको यात्रा कष्टकर भएको छ । मुग्लिन–नारायणगढ र मुग्लिन –नौबिसे सडक खण्डमा लामो जामका कारण यात्रु मर्कामा परेका छन् ।

अस्ति बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाएपछि जाममा परेका गाडी चल्न थालेका छन् । तर लामो समयसम्म धेरै गाडी एकैपटक रोकिँदा र पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् ।

लामो  जामका कारण यात्रुको बिचल्ली भएको बुटवलबाट काठमाण्डौ आउँदै गरेका राजेश सुनारले गुनासो गर्नुभयो । लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ ।

सडक खुले पनि साँघुरो पुल र ठूूला गाडीका कारण चाप रहेको मुग्लिनका प्रहरी निरीक्षक  सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खुलेको छ तर जाम भने हटिसकेको छैन । साँघुरा पुलहरुमा आलोपालो गरी गाडी पास भइरहेका छन् ।

बर्खाको समयमा बेलाबेला पहिरो जाने गरेकाले  छिनमै खुल्ने र छिनमै बन्द हुने भएकाले नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दा सावधानी अपनाउन प्रहरीको आग्रह छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया