बन्दीपुरबाट सूर्योदय नियाल्दा (फाेटाे फिचर)

 जेठ २७, २०७९ शुक्रबार १२:५९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तनहुँको बन्दीपुर पर्यटकका लागि आकर्षक गन्तव्य हो । आजकाल त बन्दीपुरलाई पहाडकी रानी पनि भन्ने गरिन्छ ।

बन्दीपुरको आफ्नै मौलिकता छ । बजार छिर्नासाथ देखिन्छ लस्करै मिलेका घरहरू । घरका झ्याल ढोका, टुँडाल, सिँढी आदि काठबाट बनाइएका छन् । ती काठमा पर्यटकको ध्यान खिच्ने आकर्षक बुट्टाहरू कुदिएको छ ।

प्राय: घरमा होटल, रेस्टुरेन्ट छन् । होमस्टेको सुविधा पनि छ बन्दीपुरमा । सहरका अग्ला घर हेरेका आँखालाई बन्दीपुरको सुन्दर बस्तीले शीतलता दिन्छ ।

 तस्बिर  : विकास गोले

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया