काठमाण्डाै अब फोहाेर थेग्ने अवस्थामा छैन : गगन थापा

 जेठ २७, २०७९ शुक्रबार १६:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डाै अब फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । 

आज शुक्रवार सहरी विकास मन्त्रालयमा भएको ल्यान्डफिल्ड साइट बञ्चरे डाँडा र सरकारवाला निकायहरूबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले काठमाण्डाै उपत्यकामा जम्मा भएको फोहोर व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाण्डाै अब फोहोर थेग्ने अवस्थामा छैन । जनस्वास्थ्यको हिसाबले पनि अत्यन्त बिजोक भएको अवस्था छ ।’

विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गर्दै महामन्त्री थापाले स्थानीयवासीले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गर्नुभयो । महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्त्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले सरकारसँग भएको पैसाबाट नै ल्यान्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पार्नुभयो ।

महामन्त्री थापाले काठमाण्डाैमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरू रोकेर भए पनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहोर्‍याउनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया