खुम्बु क्षेत्रमा सात दिनपछि हेलिकप्टर उडान

 जेठ २९, २०७९ आइतबार १०:१०:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा सात दिनपछि हेलिकप्टरले उडान भरेको छ ।

मौसम प्रतिकूलताका कारण गएकाे आइतवारदेखि उडान ठप्प भएकोे थियाे । हिजाे झन्डै एक दर्जन हेलिकप्टरले उडान भरेका नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट ३ वटा र सुर्केबाट ७ वटा हेलिकप्टरले उडान भरेका छन् ।

लुक्लामा हेलिकप्टर उडानका लागि केही समय मौसम अनुकूल भए पनि पुन: बन्द भएकाले सुर्केबाट उडान भरेको उहाँको भनाइ छ । तर जहाजले भने उडान भर्न सकेको छैन्। निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

मे २९ तारिखमा परेकाे सगरमाथा दिवसमा खुम्बु आएका पर्यटकहरु समेत फर्किन नपाएको स्थानीयले बताएका छन् । केही पर्यटकहरु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डौ गइरहेका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् । 

 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया