अर्थमन्त्रीलाई प्रेम आलेकाे प्रश्न– २६ करोड रुपैयाँमा निजगढ विमानस्थल बन्छ ?

 जेठ २९, २०७९ आइतबार १३:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिनुभएको छ । 

आज आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यfस गर्दै मन्त्री आलेले सरकारले आउँदाे आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यावहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दिनुभएको हो । उहाँले २६ करोड रुपैयाँ बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने बताउनुभयो । 

मन्त्री आलेले विमानस्थल निर्माणका लागि एक खर्ब २० अर्ब रुपैयाँको अनुमान गरिएको भन्दै दाँत फुकालेर विमानस्थलको निर्माण गर्न नसकिने जिकिर गर्नुभयो । उहाँले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको भन्दै न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निजगढ विमानस्थलका लागि २० औँ वर्ष लगाएर मास्टर प्लान तयार भइसकेको छ । आठ हजार ५० हेक्टर जग्गा विमानस्थलको नाममा आइसकेको छ । त्यसको डीपीआर हुने अवस्थामा छ । त्यसको ईआईए भइसकेको छ तर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको अवस्था छ । विमानस्थल कहाँ बनाउने भनेर निर्णय गर्ने नागरिक उड्डयन प्राधिकरणले हो । तर दुर्भाग्य यो अदालतले तोकिराखेको छ । कसले अधिकार दियो ? राज्यको तीन अर्ब रुपैयाँ खर्च भएको छ । आज कतिपय मन्त्री साथीहरूले निजगढ एअरपोर्ट बन्छ भनेका छन्, दाँत फुकालेर एअरपोर्ट बन्छ ? बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्ब रुपैयाँको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ? एअरपोर्ट बन्छ भन्नेहरूलाई भन्न चाहन्छु– यस्ता कुरा नगरौँ आजदेखि ।’

मन्त्री आलेले मधेसी जनता सधैँ रैती हुनुपर्ने अवस्था सिर्जना भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया