वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा दिउँसो पनि पानी पर्ने

 जेठ ३०, २०७९ सोमबार ८:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा रातिदेखि पानी परेकोे छ ।

यी प्रदेशका धेरै ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो अस्ति लगातारजसो पानी परेको मधेस प्रदेशमा भने आज खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

वाग्मती, गण्डकी र प्रदेश-१ मा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ मा मनसुनी गतिविधि सक्रिय छ ।  लुम्बिनी प्रदेशको भने आंशिक क्षेत्रमा मात्रै मनसुन प्रवेश गरेको छ । अब मनसुन कर्णाली प्रदेशतर्फ सर्दै गरेको पनि मौसमविद् भट्टराईले जानकारी दिनुभयो ।

पानी पर्ने सम्भावना रहेकाले यात्रा गर्दा वा घाँस दाउरा गर्दा सतर्कता अपनाउन मौसमविद्काे आग्रह छ । भिरालो जमिनमा घाँस दाउरा गर्दा चिप्लिएर लड्ने तथा पहिरो जाने जोखिम हुन सक्छ । मुख्य राजमार्गहरुमा पहिरोको जोखिम रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन समेत मौसमविद्को सुझाव छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया