मुग्लिन–आँबुखैरेनी सडक खण्डमा राति पनि गाडी चल्न थाल्याे

 जेठ ३०, २०७९ सोमबार ७:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मुग्लिन–आँबुखैरेनी खण्डमा राति पनि गाडी चल्न थालेका छन् ।  

आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएपछि गएको शुक्रवार राति ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।

रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातिको समयमा गाडी चलाउन रोक लगाएको थियो । तर हिजो बेलुकादेखि भने  सानाठूला र हेभी गाडी समेत चलाउन अनुमति दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ । सडक भासिएको छेउपट्टि मर्मत नहुँदासम्म यो खण्डमा एकतर्फी मात्रै गाडी चल्ने छन् । यस्तै, पानी परे पनि अहिले मुुख्य राजमार्गमा निर्वाध रुपमा गाडी चलिरहेका छन् ।

पानी पर्नेबित्तिकै पहिरोका कारण अवरोध हुने नौबिसे–मुग्लिन र मुग्लिन नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ । तर, यी सडक खण्डमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाएर गाडी चलाउन प्रहरीको आग्रह छ । 
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया