आईएमई २२औँ वर्षमा प्रवेश

 जेठ ३०, २०७९ सोमबार १०:२८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालकाे पहिलाे रेमिट्यान्स कम्पनी आईएमईले २२औँ स्थापना दिवस मनाएकाे छ । आईएमईले हिजाे काठमाण्डाैमा विशेष कार्यक्रमकाे आयाेजना गरी आफ्नाे स्थापना दिवस भव्यताका साथ मनाएकाे हाे । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे।

अर्थमन्त्री शर्माले रेमिट्यान्सले ग्रामीण क्षेत्रको दु:खी जीवनलाई सुखी बनाउन मद्दत गरेकाे बताउँदै थुप्रै चुनाैती पार गरेर यस क्षेत्रलाई यहाँसम्म ल्याउन आईएमईले ठूलाे याेगदान पुर्याएकाे बताउनु भयाे । साथै उहाँले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको बताउनुभयाे । 

यस्तै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफैँ वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि स्थापना गरेकाे कम्पनीले अहिले करिब ४०/४५ हजारलाई रोजगारी सिर्जना दिइरहेकाे बताउनु भयाे । 

आईएमईको इतिहास

नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आईएमई सन् २००१मा स्थापना भएकाे हाे । 

सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको सुरुवात गरेको आईएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिट्यान्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ ।

स्थापनाकाे समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पुर्याउनका लागि औपचारिक माध्यमको ठूलो अभाव थियो । औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । 

नेपालको पहिलो रेमिट्यान्स सेवा प्रदायकको रूपमा स्थापित आईएमईले अहिले बैंकिङ्ग, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै आएकाे छ । 

राज्यलाई सबैभन्दा बढी करमा योगदान गरेबापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआईपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौँ सङ्घ/संस्थाबाट सम्मानित भइसकेको छ । 

आईएमईको स्थापनापछि औपचारिक सञ्जालमार्फत आप्रवाह हुने रेमिट्यान्सको मात्रा ह्वात्तै बढेको देखिन्छ । रेमिट्यान्स आयातको मुख्य श्रोत हुनुका साथै विदेशी मुद्राको सञ्चितिको मुख्य श्रोत पनि हो । आईएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आईएमई पे मोबाइल वालेटको सञ्चालन गरिरहेको छ ।

आईएमई पे वालेटमा अहिले ३० लाखभन्दा धेरै प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिट्यान्स सेवाको लाभ लिइरहेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया