लुक्लामा नौ दिनदेखि जहाजले उडान भर्न सकेन, डेढ सय पर्यटक अलपत्र

 जेठ ३०, २०७९ सोमबार ९:८:५९ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् ।

मौसमका कारण नौ दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसक्दा काठमाण्डौ फर्किने झण्डै १ सय ५० जना पर्यटक अलपत्र परेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल हुँदा गएकाे आइतवारदेखि जहाजले उडान भर्न सकेको छैन । निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेका प्राधिकरणले जनाएको छ ।

विदेशी पर्यटकहरु सल्लेरीमा

मौसम प्रतिकूलताका कारण लुक्लामा जहाजले उडान भर्न नसकेपछि विदेशी पर्यटकहरु सदरमुकाम सल्लेरीमा देखिन थालेका छन् ।

तेन्जिङ हिलारी विमानस्थलको सबै उडानहरु रद्द हुन थालेपछि केही पर्यटकहरु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डाै जान थालेका हुन् । केहीदिनयता सल्लेरीबाट गाडी मार्फत काठमाण्डौ जाने विदेशी यात्रुहरु बढेको यातयात व्यवसायीहरुले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया