एमालेद्वारा संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता

 जेठ ३०, २०७९ सोमबार १२:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी एमालेले संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता गराएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । यो प्रस्तावमाथि अहिले संसदमा छलफल हुँदैछ ।

एमाले सांसदहरुले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्त्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गर्नुपर्ने मागसहित संसद् सचिवालयमा स्थगन प्रस्तावको सूचना दर्ता गराएका हुन् ।

नेपाल कृषिप्रधान देश भएको हुँदा धानबालीलगायतका बालीहरुका लागि रासायनिक मल अत्यावश्यक भएको प्रस्तावमा उल्लेख छ । धान खेती सुरु हुने समय गुज्रिन लाग्दा पनि मलको लागि कृषकहरु भौतारिँदै हिँडेको सांसदहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया