सगरमाथा क्षेत्रकाे भ्रमणमा आएका दुई विदेशी नागरिक २४ दिनदेखि बेपत्ता

 जेठ ३१, २०७९ मंगलबार ९:३३:१ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रकाे भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गएकाे जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद साहका अनुसार जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ गएका उनीहरु त्यसयता सम्पर्कमा आउन सकेका छैनन् ।

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएका खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

उनीहरु गाइड विना नै खुम्बु घुम्न गएका थिए । उनीहरुको खोजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया