अमेरिकी एसपीपी सम्झाैताले नेपाललाई सैनिक गठबन्धनतिर लैजाने सङ्केत गर्छ : रावल

 जेठ ३१, २०७९ मंगलबार १८:५२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताउनुभएकाे छ ।  

आज मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अङ्ग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुँदैछ भन्ने आशङ्का गरेको उल्लेख गर्दै एसपीपीको दफा र घटनाक्रमले पनि त्यतै सङ्केत गरेको बताउनुभयाे । 

सांसद रावलले भन्नुभयो, ‘एसपीपी सम्झाैता गरिए परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ । नेपाल असंलग्न स्वतन्त्र परराष्ट्र नीतिमा आबद्ध देश हाे । हामी चीन र भारतजस्ता विशाल देशकाे संवेदनशील भू–राजनीतिमा छौँ । एसपीपी सम्झाैता नेपालजस्तो देशका लागि अत्यन्त गम्भीर विषय छ । यदि यस्तो हो भने त नेपाललाई एउटा सैनिक गठबन्धनतिर लैजाने र नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अङ्ग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने सङ्केत गर्छ ।’ 

उहाँले यस विषयमा सरकारले यथार्थ स्पष्ट गराउनुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने यस्तो कुरा कदापि स्वीकार्य हुन नसक्ने उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया