दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमता वृद्धिका लागि भएको बताउनुभएको छ ।
आज मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तीकरण, आधुनिकीकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली सेनाको सशक्तिकरण, आधुनिकीकरण, क्षमता वृद्धिका लागि याे सम्झाैता आएकाे हाे । अमेरिकी सेना र सेनाका प्रतिनिधि विगतमा पनि आउँथे, अहिले पनि त्यसै सीमाभित्र रहेर प्रतिनिधि आएका भन्ने म बुझ्दछु ।’
सांसद विश्वकर्माले संयुक्त राष्ट्र सङ्घमा नेपाली सेनाको भूमिका राम्रो रहेकाले सेनाको क्षमतावृद्धिमा अमेरिका लागिरहेको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।