नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि गाडीको चाप

 असार १, २०७९ बुधबार ८:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौका मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि गाडी चापमा चलेका छन् ।

नागढुङ्गा नजिकै झ्याप्ले खोलामा गाडी बिग्रिएकाले बिहान साढे ५ बजेदेखि नै त्यहाँ एकतर्फी गाडी चलिरहेका छन् ।

रात्रि बस आउने समय भएकाले पनि चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिग्रिएको गाडीलाई हटाउने प्रयास भइरहेको र हटेपछि दुईतर्फी नै सडक खुलाउने ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीका अनुसार अहिले मुग्लिन-नारायणगढ सडक खण्डमा भने सामान्य रुपमा गाडी चलिरहेका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया