मतदाता नामावली सङ्कलन आजदेखि, आफू रहेकै जिल्लाबाट नाम दर्ता गर्न सकिने

 असार १, २०७९ बुधबार ९:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन सुरु गर्दैछ ।

आयोगले योग्यता पुगेका सबै नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मिति केही दिनमै घोषणा हुने सम्भावना रहेकाले त्यसअघि नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभयो ।

उहाँले पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले आफ्नाे स्थायी ठेगानामा रहने गरी अहिले अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्नसक्ने पनि जानकारी दिनुभयो ।

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्न पनि सकिनेछ । मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

पालिका चुनावमा ज्यान गुमाएका व्यक्तिको पनि मतदाता नामावलीमा नाम भएको, परिचयपत्र भएर पनि नामावलीमा नाम नभएर मतदान गर्न नपाएको जस्ता समस्या देखिएको थियो । अब हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा यस्तो समस्या नदोहोरियोस् भनेर आयोग सचेत रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि चुनावको मिति घोषणा गर्न सरकारसँग परामर्श भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया