प्रदेश १ बजेट : प्रदेशमा कार्यरत कर्मचारीलाई प्रोत्साहनका लागि १ महिना बराबरको तलब (पूर्ण पाठ)

 असार १, २०७९ बुधबार १८:५०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड १४ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट नाै अर्ब ८२ लाख र ससर्त अनुदानबाट आठ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

प्रदेश १ सरकारले कृषि क्षेत्रमा दुई अर्ब ५९ करोड २३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ भने पर्यटन प्रवर्द्धनका लागि एक अर्ब १३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै प्रदेशमा कार्यरत कर्मचारीलाई प्रोत्साहनका लागि एक महिना बराबरको तलब दिने बजेटमा उल्लेख छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया