ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
म्याग्दी – नेपालमा उर्बर खेतबारी झाडीमा परिणत हुँदै गएका छन् । बसाइँसराइ र युवा रोजगारीका लागि पलायन हुन थालेपछि खेतीयोग्य जमिन बाँझिदै गएका हुन् । युवा विदेशिने र सहर पलाएन हुने क्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझै भएको हो ।
चुनावका बेलमा सबैजसो दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेन्डा बनाए पनि कार्यान्वयन हुन नसक्दा समस्या बढेको छ । युवाहरू पाए युरोप–अमेरिका, नपाए खाडीका देश जान बाध्य छन् । जग्गा जमिन बाँझो हुँदा खाद्यान्न आयात गरी महँगोमा किनेर खानुपर्ने बाध्यता छ ।
पहिला पहिला बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका बासिन्दाले अहिले भएको जग्गा, जमिन बाँझै छाडेका छन् । युवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने बेला जनशक्तिको अभाव हुने गरेको म्याग्दीको बेनी नगरपालिका २ का ८६ वर्षीय वेदप्रसाद उपाध्यायले बताउनुभयो । वर्षाैँदेखि भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिएको र घरहरू पनि जीर्ण हुँदै गएकाे उहाँको गुनासो छ ।
गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको पालिकाका कृषि प्राविधिकले बताएका छन् । सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझै रहेको स्थानीयवासी टेकबहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, ‘खेती गर्न जनशक्ति पाइँदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गा, जमिन बाँझै छाड्न बाँध्य छौँ ।’
अहिले गाउँघरमा पनि आयातित चामल र खाद्यान्न किनेर खानुपर्ने बाध्यता छ । सरकारले तरकारी बाली, माछा व्यवसाय, च्याउ खेतीलगायतमा अनुदान दिने, बीमा गर्ने, प्रविधि प्रदान गर्ने गरेको भए पनि खेतीयोग्य जमिन प्रयोगमा आउन नसकेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
भूकम्पपछि गाउँबाट सहर झर्ने क्रम बढेसँगै खेतीयोग्य जमिनलाई घडेरीका रूपमा बेच्न भन्दै पल्टिङ गर्न थालिएकाले जमिन बाँझो हुने क्रम उत्तिकै बढेको हो । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर ५० थानभन्दा बढी जग्गा किनबेच हुने गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।