विदेशी नागरिकलाई जालसाजी गर्ने २ भारतीयसहित १३ जना पक्राउ

 असार ५, २०७९ आइतबार १९:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अमेरिकी र क्यानाडेली नागरिकलाई जालसाजी गर्ने दुई भारतीयसहित १३ जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका ४ धुम्बाराहीमा रहेको अर्बिट नेक्सस प्रालिका मुख्य सञ्चालक विजय श्रेष्ठ, भारतीय नागरिक निसान खैरे र मनिष तिवारीसहित कार्यालमा कार्यरत अरू १० जना रहेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डौ रानीबारी बस्ने आमिन खड्का, लमजुङ घर भइ काठमाण्डौ बस्ने करण गुरुङ, काभ्रे घर भइ भक्तपुरको राधेराधे बस्ने अनोज लामा, उदयपुर घर भइ काठमाण्डौको कालोपुल बस्ने आरुषी राई, नुवाकोट घर भइ काठमाण्डौको बानियाँटार बस्ने युविना तामाङ रहेका छन् । यस्तै काठमाण्डौ रानीबारीका आरस तुलाधर, दोलखा घर भइ काठमाण्डौ १५ डल्लु बस्ने सपना मग्राती, सुर्खेत घर भइ भक्तपुरको लोकन्थली बस्ने टीका राउत, झापा घर भइ काठमाण्डौको सिफल बस्ने सुनिता राउत र नुवाकोट घर भइ काठमाण्डौ रानीबारी बस्ने सागर श्रेष्ठ पनि पक्राउ परेका ब्युरोले जनाएको छ । 

उनीहरूले विदेशी नागरिकलाई लक्षित गरी भ्रामक सन्देश पठाएर बैंक विवरण, व्यक्तिगत विवरण लिने र जालसाजी गर्ने गरेको र थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया