चाेरीकाे पैसासहित पाेखरामा एक जना पक्राउ

 असार ५, २०७९ आइतबार २०:३१:८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्की प्रहरीले चोरीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २१ घर भइ पोखरा १० बस्ने २१ वर्षीय अजित विश्वकर्मा पक्राउ परेका हुन् । 

पोखरा १० रामबजारको सादा पोसाककाे प्रहरी टोलीले तीन लाख ६२ हजार तीन सय ८० रुपैयाँसहित विश्वकर्मालाई प्रक्राउ गरको हो । चोरी घटना बढ्दै गएपछि कास्की प्रहरीले 'एम्बुसिङ' अभियान चलाएको थियो । आज आइतवार बिहान शङ्कास्पद अवस्थामा झोला बोकी हिँडेको अवस्थामा विकलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवत्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे । 

विकले पोखरा १४ विपी मार्गमा रहेकाे सन्तबहादुर लामिछानेले सञ्चालन गरेको चुलो सेवा प्रालिको झ्याल फोडी पैसा चोरेकाे अनुसन्धानबाट खुलेको खड्काले बताउनुभयाे । विश्वकर्माले पहिला त्यही कम्पनीमा लेखापालका रूपमा काम गरेका खुल्न आएको छ ।

सञ्चालक लामिछानेको काउन्टरबाट सात लाख २५ हजार तीन सय ५० रुपैयाँ र नाै हजार भारु हराएको प्रहरीमा जाहेरी दिनुभएकाे थियाे । 

विश्वकर्मा अरू पनि चाेरीमा संलग्न भए/नभएको बारेमा अनुसन्धान भइरहेको र उनलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी जाँच भइरहेकाे छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया