बलात्कारकाे आराेपमा पक्राउ गरेका मनाेज पाण्डे पुर्पक्षका लागि कारागार चलान

 असार ६, २०७९ सोमबार १८:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आठ वर्षअघि किशाेरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका मनाेज पाण्डे भनिने मनाेजकुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

पाण्डे आज साेमवार डिल्लीबजार कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएकाे छ । आज जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

सन् २०१४ मा भएकाे मिस ग्लाेबल इन्टरनेशनल प्रतियाेगितमा सहभागी एक किशाेरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेकी थिइन् । त्यसपछि अर्की एक बालिकाले आफूलाई पनि मनाेज पाण्डेले याैन शाेषण गरेकाे घटना सार्वजनिक गरेपछि प्रहरीले मनोज पाण्डेलाई गएकाे जेठ ७ गते पक्राउ गरेको हो ।

त्यसपछि काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको हाे । मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसुरमा पाण्डेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया