राप्रपाले निगमलाई साेध्याे– भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क दिइन्छ ?

 असार ६, २०७९ सोमबार १९:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ । आज सोमवार टेकुमा रहेकाे निगमको केन्द्रीय कार्यालय पुगेका पार्टीका नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन् । 

प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा कति कर लाग्छ ? लगायतका सात वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिनुपरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँले अनावश्यक करको दरमात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्न सक्ने स्पष्ट पार्नुभयो ।

गए रातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर एक सय ९९, डिजल एक सय ९२ रुपैयाँ पुर्‍याएपछि त्यसको विरोधमा सर्वसाधारणसमेत आएका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shreeman Pakhrin

    June 21, 2022, 4:03 a.m.

    नेपाल आयल निगम नेपालकै सबैभन्दा भ्रष्ट निकाय रहेछ। यसको कार्यकारी प्रमुखमा कुलमान/हर्क/बालेन/राजेन्द्र/ज्ञानेन्द्र/रबि जस्ता स्वच्छ छवि भएका मान्छे नपुगेसम्म नेपाली जनतालाई लुटिरहनेछ यिनिहरुले।

  •  0 Reply

तपाईको प्रतिक्रिया