बर्दियाको ठाकुरबाबाका किसानहरूलाई झन्डै २४ लाख रुपैयाँ बराब...
पुस १७, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौमा महिलालाई जबरजस्ती करणी गरेर पैसा र गहना लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएको जेठ २९ गते राति काभ्रेको तेमाल घर भएका विश्व तामाङले एक महिलालाई भोटेबहालको एक होटलमा लगेर पेय पदार्थमा नशालु पदार्थ राखेर खुवाइ जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ । उनले महिलालाई करणी गरेपछि महिलासँँग रहेको एक लाख रुपैयाँ नगद, दुई तोला सुन र एउटा मोबाइलसमेत लिएर भागेका थिए ।
महिलाकै नामबाट होटल बुक गरेको, सम्पर्क ठेगाना र नम्बर पनि महिलाकै दिएको र पीडकको नाम थर र ठेगानासमेत थाहा नभएकाले प्रहरीलाई आरोपी खोज्न समस्या भएको थियो । तर शून्यकै अवस्थामा रहेको अनुसन्धानलाई विभिन्न विधि र प्रविधि प्रयोग गरेर आरोपी पक्रन सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरी मुद्दा चलाउनका लागि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।