११ महिनामा १५ खर्ब ७७ अर्ब रुपैयाँको व्यापार घाटा

 असार ७, २०७९ मंगलबार १५:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । 

भन्सार विभागले आज मङ्गलवार सार्वजनिक गरेको गएको साउनदेखि जेठसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालको व्यापार घाटा ११ महिनामा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । यो गएकाे वर्षको तुलनामा २५ प्रतिशतले धेरै हो । 

११ महिनामा नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने एक खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । आयात २७ दशमलव ५ प्रतिशतले र निर्यात ५३ दशमलव ३ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ४७ प्रतिशत रहेको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया