११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न आयात, धान/चामल भित्र्याउँदा ४५ अर्बभन्दा धेरै बाहिरियो

 असार ७, २०७९ मंगलबार १७:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाएर आयात घटाउने भने पनि खाद्यान्न आयात भने बढेको बढ्यै छ । 

११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको भन्सार विभागले जनाएकाे छ । यसमध्ये ४५ अर्ब २९ रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बिउ रहेको छ । 

यस्तै एक खर्ब १३ अर्ब रुपैयाँको घिउ–तेलजन्य वस्तु र कच्चा पदार्थ, ३४ अर्ब १५ करोड रुपैयाँको तरकारी, २२ अर्ब ७७ करोड रुपैयाँको फलफूल, आठ अर्ब ४४ करोड रुपैयाँको चिया–कफी र २७ अर्ब रुपैयाँको खाद्य उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात भएको छ । 

यस्तै ११ महिनामा एक खर्ब ५३ अर्ब रुपैयाँको फलाम र स्टिल, एक खर्ब ३३ अर्ब रुपैयाँको मेशिनरी सामान, एक खर्ब १३ अर्ब रुपैयाँको विद्युतीय सामग्री, ९३ अर्ब रुपैयाँका गाडी, ६५ अर्ब रुपैयाँको प्लास्टिक र ६४ अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ आयात भएको विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया