बालिकालाई ललाइफकाइ याैन क्रियाकलापमा लगाउने २ जना पक्राउ

 असार ७, २०७९ मंगलबार १९:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा १४ वर्षीया बालिकालाई ललाइफकाइ यौन क्रियाकलापमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हजुरआमा नाता पर्ने ४० वर्षीया महिलाले चाउचाउ, बिस्कुट खुवाउने आश्वासन तथा लोभ देखाएर बालिकालाई यौन क्रियाकलापमा संलग्न गराएर पैसा असुल्ने गरेकी थिइन् । 

यौन क्रियाकलापमा लगाउने महिला र बालिकालाई जबरजस्ती करणी गर्ने २२ वर्षीय ओमप्रकाश न्यौपानेलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया