याैन दुर्व्यवहार : सेन्ट लरेन्सका २ शिक्षकलाई थुनामा पठाउन आदेश

 असार ७, २०७९ मंगलबार २०:३४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले चाबहिलमा रहेकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो ।   

कलेजका विद्यार्थीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया