पालिका चुनावकाे खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

 असार ८, २०७९ बुधबार १७:२२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ र निर्वाचन नियमावली २०७३ अनुसारको ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । 

विवरण नबुझाउने उम्मेदवारलाई सिफारिसका आधारमा कारबाही गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया