लाङटाङका कृषकलाई २५ किलो नुन र त्रिपाल वितरण

 असार ९, २०७९ बिहीबार ११:४३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको छ ।

दुग्ध विकास संस्थानले त्यहाँ व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकलाई प्रतिकृषक २५ किलो नुन र एउटा त्रिपाल वितरण गरेको हो ।

लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक पर्ने भएकाले वितरण गरिएको बताउनुभयो ।

दूधमा फोहर पर्न नदिन र कृषकलाई दूध दुहुन सहज होस् भन्ने हिसाबले त्रिपाल वितरण गरिएको उहाँको भनाइ छ ।

‘चौरीलाई दिनका लागि नुन पनि नभइ नहुने कुरा हो’, उहाँले भन्नुभयो, ‘यसका लागि हामीले कृषकलाई केही सहयोग गरेका हौं ।’ उहाँका अनुसार त्यहाँ रहेका २० कृषकलाई सामग्री वितरण गर्नुपर्नेमा १५ जनालाई दिइसकिएको र पाँच जनालाई दिन बाँकी छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया