चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

 असार ९, २०७९ बिहिबार १८:५९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त हुनुभएकाे छ । आज बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूत नियुक्त गर्नुभएकाे हाे । 

संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ ।

राजदूतमा सिफारिस श्रेष्ठकाे नाम संसदीय सुनुवाइ समितिले गएकाे जेठ ३ गते अनुमोदन गरेको थियो । 

तस्बिर : हरि अधिकारीकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया