काठमाण्डौ उपत्यकामा ठूलो वर्षा : खोलानालामा बाढीको सम्भावना, ३ घण्टा सतर्कता अपनाउन आग्रह

 असार १०, २०७९ शुक्रबार ७:५१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा ठूलो पानी परेको छ । यसले गर्दा नदी तथा खोला किनारामा पानीको सतह बढेको छ भने उपत्यकाका ठाउँठाउँमा पानी जम्दा जलमग्न भएकाे छ।

गएरातिदेखिको वर्षाका कारण उपत्यकाका हनुमन्ते, मनोहरा खाेला, वाग्मती र यसका सहायक नदीमा बाढीको खतरा छ ।

नदी किनारको बाटो भइ यात्रा गर्दा अबको ३ घण्टा  सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आग्रह गरेको छ । बिहान ६ बजे सूचना निकालेर केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया