विराटनगर महानगरपालिकाले प्रस्तुत गर्‍याे झण्डै ३ अर्ब ६३ करोडको बजेट

 असार १०, २०७९ शुक्रबार १५:४६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरको १० औँ नगरसभामा उप–मेयर शिल्पा कार्कीले कुल बजेटमध्ये चालुतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ तथा पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड ७१ लाख १७ हजार रुपैयाँ विनियोजन गर्नुभएको हो ।

यसै गरी आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासनतर्फ ७ करोड ७७ लाख साथै वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया