सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ– काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । महानगरको ११ औं नगर सभामा उप–प्रमुख सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो ।
महानगरले प्रस्तुत गरेको बजेटमा परम्परागत हिटीहरुको संरक्षण, तथा परम्परागत मठ/मन्दिरहरु र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ ।
त्यस्तै सेवा प्रवाहको गुणस्तर वृद्धि गर्ने उद्देश्यले वडाहरूलाई दोब्बर बजेट दिने, महानगर कार्यालय रहेको बागदरबारको भवन प्रबलीकरण गरी पुरानै स्वरूपमा जस्ताको तस्तै राख्ने घोषणा गरिएको छ ।
यसै गरी काठमाण्डौ महानगरभित्र विद्युतीय सार्वजनिक यातायात चलाउने, खाली सरकारी जग्गामा पोखरी निर्माण गरी पानी पुनर्भरण कार्यक्रम सञ्चालन गर्ने, डबलीहरू पुनर्स्थापना गर्ने कार्यक्रम पनि प्राथमिकतामा परेका छन् ।
त्यस्तै काठमाण्डौको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्हि (इन्द्रजात्रा) लाई संसारभरि चिनाउने गरी अन्तर्राष्ट्रिकरण गर्ने कार्यक्रम पनि महानगरले घोषणा गरेको छ । सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकास, फोहोरलाई ऊर्जामा परिणत गर्ने, सार्वजनिक बस बिसौनीहरुमा परम्परागत ढाँचाको फल्चा निर्माण गर्ने आदि विभिन्न कार्यक्रमलाई महानगरले प्राथिमकतामा राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।