ललितपुरका केही ठाउँमा बिजुली अवरुद्ध : सेवाग्राही मर्कामा

 असार ११, २०७९ शनिबार ९:५४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरका केही ठाउँमा गएरातिदेखि बिजुली अवरुद्ध भएको छ । ललितपुर महानगरपालिकाका चापागाउँ, ठेचो, ढोलाहिटीलगायतका ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो।

लगनखेल वितरण केन्द्रका अनुसार बिजुली नियमित गर्न बिहानैदेखि प्राविधिक टोली खटिएको छ । तर अहिलेसम्म समस्या पत्ता लाग्न सकेको छैन । चापागाउँ र लगनखेलबाट प्राविधिक टोली खटिएको तर कुन ठाउँमा समस्या छ भनेर पत्ता लगाउन नसकिएको लगनखेल केन्द्रले जानकारी दिएको छ ।

समस्या पत्ता लगाएर मर्मत गर्नुपर्ने भएकाले बिजुली आउन केही समय लाग्न सक्ने पनि केन्द्रले जनाएको छ । बिजुली नहुँदा चापागाउँ, ठेचो, ढोलाहिटीलगायत आसपासका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया