पेट्रोलमा २० र डिजल/मट्टितेलमा २९ रुपैयाँ भाउ घट्यो, राति १२ बजेदेखि लागु हुने

 असार ११, २०७९ शनिबार १६:५३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भरे राति १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको भाउ घटेको छ । मन्त्रिपषद बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ भाउ घटाएको हो ।

अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ । सरकारले कर कटौती गरी मूल्य घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको छ । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।


 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया