पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

 असार ११, २०७९ शनिबार १७:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय दुई जनाको नमूना परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा एक सय ८८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५६ हजार ६ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया