काठमाण्डौको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

 असार १२, २०७९ आइतबार ८:०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

हिजो बेलुका बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक मकवानपुरको थाहा नगरपालिका-२ का राजु दुतराजको ज्यान गएको हो  ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वटै बसका चालकलाई पक्राउ गरेको छ ।

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया