युवापुस्तामा लागुऔषध दुर्व्यसनी बढ्यो : गृहमन्त्री खाण

 असार १२, २०७९ आइतबार १३:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताउनुभएको छ । 

आज काठमाण्डौमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो ।

उहाँले लागु पदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनु भयो । मन्त्री खाणले लागु औषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताउनु भयो । उहाँले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्नेकुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताउनु भयो । गृहमन्त्री खाणले लागु औषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताउनु भयो ।

उहाँले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आउँदाे दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लागुपदार्थ चुनौतीको रुपमा अघि बढेको छ । लागु पदार्थको दुर्व्यसन कारणले समाजलाई गम्भीर असर पारेको छ । आज सबैभन्दा बढी प्रभाग युवापुस्तामा परिरहेको छ । युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो । सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिबद्ध छ ।'

गृहमन्त्री खाणले विभिन्न आपराधिक गतिविधिहरु मध्येमा लागुपदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशतभन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजारभन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया