नागरिकतामा भएको अपमानजनक नाम सच्याउनका लागि निवेदन
साउन २४, २०७९ मंगलबार
काठमाण्डाै - पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ । सडक भासिँदा एक घर जोखिममा परेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ को बूढानीलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो ।
प्रहरीका अनुसार झन्डै १० मिटर सडक भासिएको छ । पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।
यसैबीच, आउँदाे ३ दिन कोशी, नारायणी, कमला, वाग्मती र यसका सहायक नदीमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा पानीको सतह बढ्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।