सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?

 असार १२, २०७९ आइतबार १३:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक गाडीकाे भाडा घटाएको छ ।

नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि यात्रुवाहक र मालवाहक  गाडीको भाडादर कम गरिएको हो । 

यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीमा यसअघि कायम भाडादरभन्दा ५ दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रुपैयाँ कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ । 

पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ७ दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्याेभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गएकाे असार ६ मा भाडादर समायोजन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया