चन्द्रागिरि जङ्गलमा हराएका ३ जना विदेशी नागरिकको प्रहरीले गर्‍याे उद्धार

 असार १२, २०७९ आइतबार १३:४६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीले काठमाण्डौको चन्द्रागिरि जङ्गलबाट तीन जना विदेशी नागरिकको उद्धार गरेको छ । 

हिजो शनिवार बेलुका झन्डै ७ बजेतिर तीन जना विदेशी चन्द्रागिरिको जङ्गलमा हराइरहेको सूचना आएपछि प्रहरी वृत्त थानकोटबाट टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित प्रहरी परिचालन भएको थियो । खोज्दै जाँदा थानकोटबाट सात किलोमिटरमाथि थानकोट–चित्लाङ सडकबाट एक सय मिटर तल भिरमा फसेको अवस्थामा उनीहरू भेटिएका प्रहरीले जनाएको छ । 

हराएका एक जना अमेरिकी र दुई जना भारतीयलाई राति डोरीको सहायताले उद्धार गरेर प्रहरी वृत्त थानकोटमा ल्याएर साथीहरूको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया