गाेङ्गबुबाट हतियारसहित २ जना पक्राउ

 असार १२, २०७९ आइतबार १५:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको गोङ्गबु मित्रनगरबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । 

एउटा खाजा घरमा हतियारसहित मानिस बसिरहेको सूचनाका आधारमा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित काठमाण्डौ वनस्थलीका जोयल थापा र नवलपरासी बर्दघाटका राजु विकलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल गोली र गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया