बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीका आँसु रोकिएनन्

 असार १२, २०७९ आइतबार १८:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ ।

आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । उहाँले पटक–पटक टिस्यु पेपरले आँसु पुछ्नुभएको छ ।

मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरूसँग छलफल नगरेको भन्दै गुनासो पनि गर्नुभयो । मन्त्रीहरू परिर्वतन हुँदा सञ्चारमाध्यमबाट नभइ पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासी सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै पार्टी अध्यक्षप्रति गुनासो गर्नुभयो । 

मन्त्री झाँक्रीले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनी सोध्दा उहाँले बजेटसम्म काम गर्नुस् भनेको पनि सुनाउनुभयाे । 

यसअघि मन्त्री झाँक्रीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएकाे थियाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Sushil gautam

    June 27, 2022, 10:06 a.m.

    साहासी महिला !!! २०६२/०६३ को जनआन्दोलनबाट राजनीतिमा उदाएकी झाँक्री आफ्नो ‘बोल्ड’ र ‘हक्की’ स्वभावका कारण चर्चित महिला नेत्री हुन , छोटो समय मन्त्री बनेकी झाक्री आफ्ना मन्त्रालयका कर्मचारीले प्रशंसा सहित विदाई हुदा भावुक बनिन , यो सामाजिक सन्जालमा भाईरल छ तर स्पट बक्ता , निर्णय क्षमाता र गरेका राम्रा कामहरुको भने खासै चर्चा गरिदैन !! Ramkumari jhakri supporter_रामकुमारी झाक्रीँ समर्थक(यूवा पुस्ता लिडर)

  •  0 Reply

तपाईको प्रतिक्रिया